
३ वैशाख, काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) मा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि आज आइतबार मतदान भइरहेको छ ।
चौथो पटक सरेर भइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि चार जना उम्मेदवार मैदानमा छन् ।
एक हजार ८ सय विद्यार्थी अध्ययनरत यहाँ संयुक्त गठबन्धन (अखिल क्रान्तिकारी, नेविसंघ, नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठन) का साझा उम्मेदवार अखिल क्रान्तिकारीका प्रेम जैशी, अनेरास्ववियुका कमलराज जोशी, स्वतन्त्रबाट लक्ष्मण सिं धामी र मनिष बोहरा उम्मेदवार रहेका छन् ।
२०६५ मा जितेको अनेरास्ववियुलाई यसपटक संयुक्त गठबन्धन र स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् ।
चारै जना उम्मेदवारले आफूले चुनाव जित्ने दावी गर्दै आएका छन् ।
हेर्नुहोस् तस्वीरहरू:
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4