+

ऋचा मेमोरियल टी-२० क्रिकेटको उपाधि आर्मीलाई

२०८० वैशाख  ३ गते १६:४७ २०८० वैशाख ३ गते १६:४७
ऋचा मेमोरियल टी-२० क्रिकेटको उपाधि आर्मीलाई

३ वैशाख, विराटनगर । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।

१११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पूरा । आर्मीको जितमा सन्दीप रजालीले विस्फोटक ब्याटिङ गरे । उनले २० बलमा ३ छक्का र ५ चौका हिर्काउँदै ४६ रनको योगदान दिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

यस्तै वासिर अहमदले १८ बलमा २ चौका हिर्काउँदै १८ रन पारी खेल्दा सुमित श्रेष्ठले ८ बलमा अविजित १३ रन बनाए ।

बलिङमा एनबीएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयङक कुमारले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशलव २ बलमा सबै विकेट गुमाई ११० रनमा समिति भयो । एनबीबएससीका कुमार राजनिसले ३३ बलमा २ छक्का र ७ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय इङनिङ खेले । अनुभव श्रीवास्तले १४ बलमा ११ रन बनाउँदा एनबीएससीका अरु ब्याटरले दोहोरो अंक छोएनन् । एमडीले अविजित ८ रनको योगदान दिए ।

आर्मीका बिक्रम सोबको घातक बलिङ सामु एनबीएससीका खेलाडी क्रिजमा टिक्न सकेनन् । आर्मीका बिक्रमले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । हरी चौहान र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।

उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ । उपविजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको बेस्ट ब्याटरमा एमबी ग्रुप डडेलधुराका दिपक बोहरा घोषित भए । उनले खेलअवधिभरीमा ११५ रन बनाएका थिए ।

यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया भए । उनले १०५ रन र ४ विकेट लिएका थिए । उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए । बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए ।

ऋचा मेमोरियल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय