
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थालाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकको बानेश्वर शाखाले काठमाडौं महानगरपालिका–३२ सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टबिन सहयोग गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तीनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
बैंकको वीरगञ्ज शाखाले वीरगञ्जको अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन सहयोग गरेको छ । अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि खानेपानीको आवश्यकता परिपूर्ति गर्ने उदेश्यका साथ सहयोग गरिएको बैंकले जनाएको छ । वीरगञ्ज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ सञ्चालक समितिका अध्यक्ष सुपेन्द«बहादुर श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
बैंकको बीचबजार–धादिङ शाखाले निलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत गरिब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु मध्येबाट गरिब तथा जेहेन्दार पाँच जना विद्यार्थीहरुलाई शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले उक्त छात्रवृत्ति रकम प्रदान गरेको बैंकले जनाएको छ । बीचबजार धादिङ शाखाका प्रमुख खिलप्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई छात्रवृत्ति रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया 4