३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा कोलकता नाइट राइडर्सका वेनकाटेश ऐयरले मुम्बई इन्डियन्स विरुद्ध शतक प्रहार गरेका छन् ।
मुम्बईको घरेलु मैदान वाङखडेमा वेनकाटेशले १०४ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले ५१ बल खेल्दै ६ चौका र ९ छक्का प्रहार गरे ।
उनको शतक मद्दतमा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनायो ।
जारी सिजन शतक प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि सनराइजर्स हैदरवादका ह्यारी ब्रुकले कोलकता विरुद्ध नै शतक प्रहार गरेका थिए ।
वेनकाटेशको शतकसँगै आईपीएलमा कोलकताको खेलाडीको डेढ दशकदेखिको शतक प्रतिक्षा सकिएको छ ।
सन् २००८ मा भएको पहिलो सिजनको आईपीएलमा कोलकताका लागि ब्रेन्डन म्याकुलनले पहिलो खेलमै शतक प्रहार गरेका थिए ।
प्रतिक्रिया 4