+

ए डिभिजन लिगको खेलस्थलमा बी डिभिजन क्लबको प्रदर्शन

२०८० वैशाख  ३ गते १८:१० २०८० वैशाख ३ गते १८:१०
ए डिभिजन लिगको खेलस्थलमा बी डिभिजन क्लबको प्रदर्शन

३ वैशाख, काठमाडौं । पटक पटक मिति तोकिएर स्थगित हुँदै आएको शहीद स्मारक बी डिभिजन लिग आयोजनाका लागि दवावस्वरुप क्लबहरुले ए डिभिजन लिगको खेलस्थलमा सांकेतिक प्रदर्शन गरेका छन् ।

आइतबार च्यासल रंगशालामा संकटा र एपीएफबीच प्रतिस्पर्धा भइरहेको थियो । दुई टिमका खेलाडीको जर्सी जुधेपछि २० मिनेट ढिला गरी खेल सुरु भएको थियो ।

मैदानमा खेल भइरहँदा च्यासल रंगशालाको प्यारापिटमा भने अजीव दृश्य देखियो । हातमा प्लेकार्ड बोकेका केहि व्यक्तिहरु फुटबल प्रतियोगिता आयोजनाको माग गरिरहेका थिए ।

अखिल नेपाल फुटबल संघ एन्फाले सुरुमा १५ चैत र पछि २९ चैतदेखि बी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म प्रतियोगिता सुरु हुन सकेको छैन ।

बी डिभिजन क्लबहरुले प्रतियोगिता हुने र नहुनेमा आफूहरु अन्योलमा रहेको बताएका छन् । ‘कि एन्फाले प्रतियोगिता आयोजना गर्नुपर्‍यो, होइन भने यो वर्ष आयोजना गर्न सक्दैनौं भन्नुपर्‍यो,’ प्रदर्शनमा उपस्थित बी डिभिजन क्लब सरस्वतीका अध्यक्ष शिक्षित पराजुलीले अनलाइनखबरसँग भने, ‘प्रतियोगिताको तयारीका लागि लामो समय खर्च भइसकेको छ । हाम्रो खर्च बढिरहेको छ तर खेल्न पाइरहेका छैनौं ।’

१४ पुसमा एन्फा र क्लबबीचको छलफलले १५ चैतदेखि बी डिभिजन लिग आयोजना गर्ने सहमति गरेको थियो । सो समयमा लिग हुन नसकेपछि १७ चैतमा बसेको एन्फा कार्यसमिति बैठकले २९ चैतदेखि प्रतियोगिता सन्चालन गर्न नयाँ मिति तोक्यो ।

अहिले एन्फाले बजेट अभावका कारण प्रतियोगिता समयमा सन्चालन गर्न नसकेको भन्दै गैरजिम्मेवार तर्क गरिरहेको क्लबहरुले बताएका छन् ।

गत साता बी डिभिजनका १४ मध्ये १३ क्लबले प्रतियोगिताका लागि तयारी गरे पनि खेल्न नपाउँदा आफूहरुको ४५ दिनको क्षतिपूर्ति माग गरी एन्फामा निवेदन दिएका थिए ।

एन्फाले बी डिभिजन क्लबहरुलाई दिनुपर्ने १४ लाख ५० हजार रुपैयाँ तयारी खर्च पनि अहिलेसम्म दिएको छैन ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय