
३ वैशाख, काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) को स्ववियु अध्यक्षमा संयुक्त गठबन्धन तर्फका अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् ।
जैशी ५४४ मत सहित स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । उनी अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी भन्दा ९ मत बढी ल्याएर निर्वाचित भएका छन् ।
सचिवमा अनेरास्ववियुका रुद्रहरी पोख्रेल, कोषाध्यक्षमा नेविसंघकी निहारिका चौधरी निर्वाचित भएकी छिन् ।
एक हजार ८०० मतदाता विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय स्ववियु समितिको लागि भएको निर्वाचनमा एक हजार ३७५ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4