+
+

राष्ट्रपति पौडेलको छातीमा संक्रमण, पानी निकालेर परीक्षण गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १४:०६

४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको हो ।

पौडेलका निजी चिकित्सक डा. निरज बमका अनुसार छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको हो ।

‘संक्रमणको कारणले पानी आउँछ । उहाँको बाँया छातीको तल्लो भागमा थोरै पानी देखिएको थियो । के कारणले संक्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाएका छौं’, डा. बमले भने ।

विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनी शीतल निवास फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?