+
+

नेवानिका कार्यकारी अध्यक्ष अधिकारीलाई प्राधिकरणले तीन विषयमा सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १६:३५

४ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले तीन विषयमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले पदीय दायित्व पुरा नगरेको सम्बन्धमा तीन दिने स्पष्टीकरण सोधेको हो । प्राधिकरणले १७ चैतको निर्णय अनुसार र्‍याम्प सेफ्टी प्रोटोकल पालना नगरेको सन्दर्भमा २० चैतमा तालिम लिई सात दिन भित्र प्राधिकरणमा प्रमाणपत्र पेश गर्न निर्देशन दिएको थियो । सो प्रमाणपत्र नआएपछि नेवानिका अध्यक्ष स्पष्टीकरणको दायरामा आएका हुन् ।

साथै उनले अपरेसन डाइरेक्टरमा क्याप्टेन उद्धव घिमिरेलाई नियुक्त गरेको सन्दर्भमा समेत प्राधिकरणले स्पष्टीकरण मागेको छ । ११ अप्रिलका दिन काठमाडौं–हङकङ–काठमाडौं उडानमा रहेका प्रमुख वायुयान चालक आरके शेरचनलाई निलम्बन गरेको सन्दर्भमा समेत प्राधिकरणले प्रश्न उठाएको छ । प्राधिकरणले उडानका दौरान पाइलटमाथि कारवाही गर्दा उडान सुरक्षामा प्रतिकुल प्रभाव पर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?