
४ वैशाख, काठमाडौं । पर्वतारोहण र पदयात्रामा जाने पर्यटकको संख्या बढेसँगै सगरमाथाको प्रवेशद्वार मानिने लुक्लामा हवाई उडान वृद्धि भएको छ । पर्यटकीय सिजनमा अत्यधिक व्यस्त रहने लुक्लाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थललाई उपयोग गरिरहेको छ ।
यस सिजनमा तारा एयरको ट्वीनअटर विमानमार्फत दैनिक १० देखि १५ वटासम्म उडान थालेको कम्पनीले जनाएको छ । मन्थली–लुक्लामा अहिले तारासहित समिट र सीता एयरले उडान गर्दै आएका छन् ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ताराको एउटै विमानले मन्थलीबाट लुक्लासम्म दैनिक पाँचदेखि आठवटा उडान गर्न थालेको छ । उनका अनुसार रामेछापमा दुई वटा विमान राखेर उडान गरिएको छ । बिहान काठमाडौंबाट सडक मार्गमार्फत पर्यटकलाई मन्थली लगेर त्यहाँबाट जहाज चढाएर लुक्ला लैजाने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4