+
+

बैतडीमा छिमेकीको हत्या आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १८:१०

४ वैशाख, धनगढी। बैतडीमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरी फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत २ वैशाखमा दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गर्दै हत्या गरी फरार भएका उनका छिमेकी २३ वर्षीय महेन्द्र विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रेमबहादुर शाहीले विष्टलाई दोगडाकेदार गाउँपालिका-८ कै तल्लोतोलीमा लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्लाबाट खटिएको संयुक्त टोलीले विष्टलाई पक्राउ गरेर जिल्ला ल्याइरहेको शाहीले बताए ।

जोशी शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा भेटिएका थिए ।

विष्टले जोशीको हत्या गर्नुको कारण भने खुलेको छैन । उनलाई जिल्ला पुगाएपछि मात्र थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?