
काठमाडौं । स्मार्टफोन सामसङले ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस योजनाका लागि सामसङले नबिल बैंकसँग सम्झौता गरेको छ । सम्झौता अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी खरीद गर्दा २ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।
सामसङ ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने अद्वितीय डिजाइनहरु एवं विविध रँगहरुमा उपलब्ध छन् । जसले ग्राहकहरुलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।
क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी ग्राहकहरुका लागि अझ बढी सुलभ भएको कम्पनीले जनाएको छ । ग्राहकहरुले उनीहरुसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4