+
+

‘साउथ’ सुपरस्टार अजितकुमारको फिल्म ‘मिराई’को छायांकन काठमाडौंमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १२:५४
अजित कुमार । फाइल तस्वीर

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अजित कुमारको शीर्ष भूमिका रहने फिल्म ‘मिराई’को छायांकन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ ।

अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् । काठमाडौंमा चार दिनसम्म छायांकन हुने निर्माण नियन्त्रक मनोज जोशीले जानकारी दिए ।

अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुर हुँदै बाइक हाँकेर काठमाडौं आइपुगेका हुन् । तमिल फिल्मका यी चर्चित अभिनेताका केही फिल्महरु नेपालमा समेत हिट छन् । ‘भलिमई’ नेपालमा रिलिज भएको उनको पछिल्लो फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?