
५ वैशाख, काठमाडौं । तीन दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य गत ३ वैशाखदेखि स्थिर रहेको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
३० चैत २०७९ मा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ८ सय र तेजावी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ तोकिएको थियो ।
मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ४३५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4