+
+

अमेरिकी नागरिकले नेपालमा अध्ययन भिसा लिंदा लाग्ने दस्तुर २ सय डलरले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १३:४६

५ वैशाख, काठमाडौं । अमेरिकी नागरिकले नेपालमा अध्ययन भिसा लिंदा लाग्ने दस्तुर २ सय डलरले घटेको छ ।

अध्यागमन विभागका अनुसार नेपालले संयुक्त राज्य अमेरिकाको राहदानी बाहक अमेरिकी नागरिकलाई अध्ययन भिसा जारी गर्दा अब मात्र १६० अमेरिकी डलर लिइने छ । यसअघि यो ३६० डलर रहेको थियो । मन्त्रिपरिषद्को ३० फागुनको निर्णयले यस्तो निर्णय गरेको थियो । घटेको दस्तुर १ वैशाख २०८० बाट लागु भएको हो ।

विभागका प्रवक्ता कमलप्रसाद पाण्डेका अनुसार दुई मुलुकबीचको पारस्परिकताका आधारमा यस्तो निर्णय भएको हो । यसअघि एक वर्ष अगाडि नै अमेरिकी सरकारले सो मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीलाई लाग्ने भिसा शुल्क घटाएर १६० डलर कायम गरेको थियो । सो नियम नेपाली विद्यार्थीको हकमा समेत लागु भएको छ । सोहीकारण पारस्पारिकताका आधारमा नेपालले पनि ५ वर्षे मल्टिपल भिसा (अध्ययन)मा लाग्ने शूल्क १६० डलर मात्र कायम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?