+
+

राप्रपा सांसदले सुनाइन् संसद बैठकमा गायत्री मन्त्र

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १४:४२

५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले संसद बैठकमा गायत्री मन्त्र सुनाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गरेकी हुन् ।

उनले गायत्री मन्त्र संसदमा पनि जप्नुपर्ने धारणा राखिन् । ‘यदि देश र जनताप्रति इमानदार र निष्ठावान बन्न यस सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस्, भ्रष्टाचार कम होस् भने यस मन्त्रको जपन यसै सदनमा हुनुपर्छ’ उनले भनिन् ।

सांसद जैसवालले आफू सबै धर्म एउटै हो भन्नेमा दृढ विश्वास राख्ने भन्दै उनले तर आफ्नो धर्ममा गर्व गर्ने बताइन् ।

धर्ममा भेद नरहेको, मान्छेको मनमा भेद रहेको उल्लेख गर्दै उनले नेपालमा सर्वधर्म समभाव रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?