
५ वैशाख, काठमाडौं । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई हाल कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरको चोभारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
उनले सात जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भन्दै पीडितहरुबाट पटक पटक गरी ३ लाख रुपैया लिई सम्पर्कबिहीन भएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4