
५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन् ।
यसअघि आफैंले सम्हाल्दै आएको मन्त्रालय मंगलबार प्रधानमन्त्री प्रचण्डले खड्कालाई दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले ८ वैशाखमा संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने प्रयोजनका लागि बोलाइएको उक्त बैठकमा कानुन मन्त्री पनि सदस्य रहने व्यवस्था छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन् । तर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने बैठकमा भने कानुनमन्त्री सदस्य रहने व्यवस्था छ ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4