+
+

बीएचएम अध्ययन गर्न सीएलईले २ सय जना विद्यार्थीलाई छात्रवृत्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १९:१३

५ वैशाख, काठमाडौं । ललितपुरमा रहेको एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड हस्पिटालिटी म्यानेजमेन्ट र सेन्टर फर लिडरसिप एन्ड इन्टरप्रेन्योरसीप (सीएलई) कलेजले २ सय जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

सीमान्तकृत विद्यार्थीका लागि हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) मा स्नातक (अनर्स) को लागि अडियन्स इन्टेन्सन मेकर्स (एआईएम) स्कलरसीप प्रोागम अन्तर्गत छात्रवृत्ति दिने भएको हो ।

नेपालका ७७ जिल्लाका प्रत्येक एक छात्र र एक छात्रा, अन्य सार्क राष्ट्रहरूबाट एक छात्र र एक छात्रा, १२ जना अपाङ्गता भएका विद्यार्थी, एलजीबीटीक्यूएबाट १० जना विद्यार्थी र १० शरणार्थीहरू गरी २ सय योग्य विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने भएको हो ।

कलेजले छात्रवृत्ति कार्यक्रमका लागि रकम जुटाउन विभिन्न कोष एजेन्सी र संस्थाहरूसँग सहकार्य गर्नेछ । छात्रवृत्ति कोष मार्फत शिक्षण शुल्क, १८ महिनाको आवास र शिक्षा सम्बन्धी अन्य खर्चहरू समावेश गरिनेछ ।

छात्रवृत्ति आवेदन प्रक्रिया १९ जेठ २०८० देखि खुला हुनेछ र भदौ २०८० मा बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?