+
+

गुल्मीको छल्दी खोलामा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १९:१५

५ वैशाख, गुल्मी । गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडानम्बर ६ पुर्कोटदह निवासी ३७ वर्षका भिमबहादुर कुँवर छल्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए ।

कुँवर मंगलबार दिउँसो रेसुङ्गा नगरपालिका वडा नम्बर ३ बाझाँखेत भन्ने ठाउँमा नुहाउन गएका थिए । उनि सोहि स्थानमा निर्माण व्यवसायीका रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?