५ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले शानदार सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे ।
रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए ।
यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
नेपाल र मलेसियाबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :
प्रतिक्रिया 4