५ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको दशौँ चरणको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ ।
आर्मीलाई जारी लिगमा चौथो जित दिलाउन सुदिल राईले दोस्रो हाफमा निर्णायक गोल गरे । सुदिलले खेलको ७५औं मिनेटमा गोल गरेका थिए ।
जगजित श्रेष्ठको फ्रिकिक प्रहार मनाङका डिफेण्डरले राम्रोसँग क्लियर गर्न नसकेपछि सुदिलले गोल गरेका हुन् ।
जितपछि १० खेलबाट १५ अंक जोडेको आर्मी चौथो स्थानमा उक्लेको छ । मनाङको भने यो लगातार तेस्रो हार हो । मनाङको पनि १० खेलबाट १५ अंक छ ।
प्रतिक्रिया 4