+

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित, हैदरावाद १४ रनले हार्‍यो

२०८० वैशाख  ६ गते ६:२१ २०८० वैशाख ६ गते ६:२१
आईपीएलमा मुम्बईको लगातार तेस्रो जित, हैदरावाद १४ रनले हार्‍यो

६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ । मुम्बईको यस सिजन यो लगातार तेस्रो जित हो । हैदरावादको लागि भने दुई जित पछिको हार हो ।

गएराति राजीवगान्धी क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरुन ग्रिन ४० बलमा ६४ रन बनाउँदै अविजित रहे । अलराउण्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच चुनिए ।

सनराइजर्स हैदरावादका लागि मार्को यानसेनले दुई विकेट लिए ।

घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो । हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै विकेटकिपर ब्याटर हेनरिच क्लासेनले १६ बलमा ३६ रन बनाए ।

मुम्बईका लागि राइली मेरिडिथ र जेसन बेहरेनडोर्फले दुई–दुई विकेट लिए । अर्जुन तेन्दुलकरले अन्तिम ओभरमा एक विकेट लिएपछि मुम्बईले १४ रनको जित हासिल गर्यो । उनले भुनवेश्वर कुमारलाई आउट गरेका थिए । अर्जुनका लागि आईपीएलमा पहिलो विकेट हो ।

यो जितपछि मुम्बई अंक तालिकाको छैटौं स्थानमा पुगेको छ । हैदरावाद भने नवौ स्थानमा छ ।

 

आईपीएल मुम्बई इण्डियन्स सनराइजर्स हैदरावाद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय