
काठमाडौं । प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’को भव्य प्रिमियर गएराति लण्डनमा गरिएको छ । यो ग्लोबल प्रिमियरमा प्रियंका म्याडेन र श्रृंखलाका निर्मातासँग नीलो कार्पेटमा हिंडेकी थिइन् । प्रिमियरमा प्रियंका पति निक जोनस र आमा मधु पनि सहभागी रहे ।
उक्त ग्राण्ड प्रिमियरमा मिडियाका लागि पोज दिएका प्रियंकाको तस्वीर र भिडियो सामाजिक सञ्जालमा हटकेक बनेका छन् । ती तस्वीरमा प्रियंका र नीकका रमाइला क्षण, सहकलाकार म्याडेनसँग उनको केमेस्ट्री र उनले पहिरिएको रातो गाउन प्रस्तुत गरिएको छ ।
प्रियंका चोपडाका फ्यानले पेजमा उक्त कार्यक्रमका तस्वीर र भिडियो सेयर गरिरहेका छन् । उनले लगाएको अफ द सोल्जर गाउनलाई उनीहरुले निक्कै रुचाएका छन् । फेसनसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रिमियरमा सहभागी प्रियंकाको लुक्स, पहिरन र एस्सेसरिजको चर्चा गरेका छन् । लण्डन प्रिमियरअघि प्रियंका र म्याडेन फिल्म प्रवद्र्धनका लागि मुम्बईमा पुगेका थिए ।
सिटाडेलको प्रिमियरमा सहभागी हुन भारतीय कलाकार वरुण धवन, सामन्था रुथ प्रभु पनि लण्डन पुगेका थिए । सिटाडेल सिरिज अमेजन प्राइम भिडियोमा आगामी २८ अप्रिलमा रिलिज हुँदैछ ।
तस्वीरहरु
प्रतिक्रिया 4