+
+

कैलालीमा खोलामा डुबेर किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १२:३५

६ वैशाख, धनगढी । कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्लाको स्थानीय कटनी खोलामा डुबेर मंगलबार मृत्यु भएको प्र्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको जानकारी दिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?