
६ वैशाख, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
सशस्त्र प्रहरीको नम्बर-१ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरको टोलीले झापाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपाने शव नदीबाट निकालेको हो ।
साथै अन्य दुई जनाको खोजीकार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापाको दमक नगरपालिका ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने बुधबार बिहान कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4