+
+

तनहुँ पुगेर प्रधानमन्त्रीले भने : गोविन्दलाई जिताउनुस्, मन्त्री बनाउँछु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते २०:०४

६ वैशाख, तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र -१ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् ।

बुधबार तनहुँ १ मा पर्ने डुम्रेबजारमा आयोजित चुनावीसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुले रामचन्द्रजी जस्तै गठबन्धनका साझा उम्‍मेदवार गोविन्द भट्टराई रूख चिह्नमा मतदान गरेर विजयी गराउनुस् । बाँकी काम शेरबहादुर देउवाजीले जिम्मा दिइसक्नुभयो । म शेरबहादुर देउवाजीसँगै छु । मन्त्री बनाउने जिम्‍मेवारी मेरो भएको घोषणा गर्दछु। किनकी प्रधानमन्त्री अहिले म भएको छु ।’

उनले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको प्रचण्डले बताए । मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो महसुस गरेको भन्दै प्रचण्डले यसलाई तीव्रता दिइने बताए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरुले लिने बताए ।  ‘तनहुँ ऐतिहासिक महत्व बोकेको जिल्ला हो, राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो, गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो’,  देउवाले भने ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सही दिशामा लैजान अहिलेको गठबन्धन प्रतिबद्ध रहेको बताए । ‘त्यसका लागि पनि वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँका जनताले सही निर्णय गर्नुपर्नेछ’, नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?