
६ चैत, काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीको प्रस्तावित हकप्रद स्वीकृत गरेको छ । विद्युत नियमन आयोगले ३ चैतमा १ः०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको पत्र पठाएको कम्पनीले जनाएको छ ।
हाल १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ५० प्रतिशत हकप्रद सेयर मार्फत पूँजी बढाउन लागेको हो । १०० कित्ता सेयर रहेका सेयरधनीले ५० कित्ता सेयर पाउने गरी १००ः५० को अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी कम्पनीले गरेको छ ।
कम्पनीले विद्युत नियमन आयोगको स्वीकृतिसँगै उक्त प्रस्ताव साधारणसभामा लैजानेछ । साधारण सभाबाट पारित भएर नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि सर्वसाधारणलाई हकप्रद सेयर निष्कासन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4