+
+

नेपाल एयरलाइन्सले एक वर्षमा तिर्‍यो २ अर्ब ९४ करोड सावाँ–ब्याज

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १४:३२
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको वाइडबडी जहाज ।

७ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले एक वर्षको अवधिमा करिब ३ अर्ब रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको छ ।

असारमा १ अर्ब ३५ कारेड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ ।

निगम अहिले सञ्चालन मुनाफामा छ । सोहीकारण निगमले नियमित सावाँ ब्याज तिर्न थालेको प्रवक्ता पौडेलले बताए ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न लिएको ऋण भुक्तानी गरिरहेको छ । निगमसँग चार वटा जहाज छन् । कोभिडको समयमा झण्डै टाट पल्टने अवस्थामा पुगेको निगमले अहिले भने उडान र ग्राउण्ड ह्याण्डिलिङबाट राम्रो आम्दानी गरिरहेको छ ।

कोरोना महामारीको कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट एवम् किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?