
७ वैशाख, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पसल, कबल, पार्किङ लगायतले बुझाउनु पर्ने बक्यौताका लागि थप ७ दिनको समय दिएको छ । सो अवधिमा समेत बक्यौता नबुझाए सरकारी बाँकी सरह असुल उपर गरिने कोषले जनाएको छ ।
कोषले २४ फागुनमा ३५ दिनको समय दिएर बक्यौता तिर्न भनेको थियो । सो अवधिमा पनि सम्झौता अनुसार तिर्नुपर्ने भाडासहितको बक्यौता नबुझाएकाको हकमा थप ७ दिनको मौका दिँदै कोषले बिहीबार सूचना निकालेको हो ।
यस अवधिमा पनि बक्यौता नतिरेमा पसल, कबल तथा पार्किङ सञ्चालकहरुलाई कालोसूचीमा राखी सम्बन्धित स्थानको चल अचल सम्पत्ति जफत हुने र सरकारी बाँकी सरह असुल गरिने कोषको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4