
७ वैशाख, काठमाडौं। प्रहरीले बैकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बस्ने ४० वर्षीया रश्मी सिग्देल रहेकी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्य विनायकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको छ ।
उनलाई उच्च अदालत पाटनले २०७९ साल फागुन २३ गते बैंकिङ कसूर मुद्दामा २६ लाख जरिवाना सुनाएको थियो। तर उनी उक्त जरिवना नरिति नै फरार भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4