+
+
मिस नेपाल २०८० :

‘यती एयरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट शो पोखरामा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १३:११

काठमाडौं । मिस नेपाल २०८० को ‘यती एयरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट शो राउण्ड शुक्रबार पोखरामा आयोजना हुँदैछ । शो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरु शुक्रबार पोखरा पुगेका छन् ।

ट्यालेन्ट शोको विजेताले ‘वुमेन विथ द विङ्स’ उपाधि पाउनेछिन्, जसलाई यती एयरलाइन्सले प्रायोजन गरेको छ ।

निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मी, यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत  युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्नील खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?