+

हैदरावादविरुद्ध सहज जितपछि चेन्नाई तेस्रो स्थानमा

२०८० वैशाख  ९ गते ८:२३ २०८० वैशाख ९ गते ८:२३
हैदरावादविरुद्ध सहज जितपछि चेन्नाई तेस्रो स्थानमा

९ वैशाख, काठमाडौं । रविन्द्र जडेजाको बलिङ र रडेभोन कनवेको ब्याटिङमा चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति सनराइजर्स हैदरावादलाई ७ विकेटले सहजै पराजित गरेको छ ।

चेन्नाईको जितमा बलिङमा जडेजाले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । ब्याटिङमा डेभोज कनवेले ७७ रन बनाए ।

चेन्नाईले घरेलु मैदान एम ए चितम्बरम स्टेडियममा हैदराबादले दिएको १३५ रनको १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नाईका लागि ओपनर डेभन कन्वेले ५७ बलमा १२ चौका र १ छक्क प्रहार गरी ७७ रन बनाए । अर्का ओपनर रुतुराज गायकवाडले ३० बलमा ३५ रन बनाए ।

हैदराबादका लागि मांयक मारकन्डेले २ विकेट लिए ।

त्यसअघि रविन्द्र जडेजाले ३ विकेट लिएपछि चेन्नाईले टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादलाई १३४ रनमै रोक्न सफल भएको थियो । हैदराबादका लागि अभिषेक शर्माले २६ बलमा सर्वाधिक ३४ रन बनाए । राहुल त्रिपाठीले २१ रन जोडे ।

चेन्नाईका लागि रविन्द्र जडेजाले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आकाश सिंह, मशिथ थिक्सना र मथिशा पथिरानाले समान एक विकेट लिए ।

लिगमा चौथो जित हात पारेको चेन्नाई ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स समान अंक जोडे पनि चेन्नाई रनरेटमा पछि छ ।

चौथो हार बेहोरेको हैदरावाद भने ६ खेलबाट २ अंकसहित नवौँ स्थानमा छ ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय