
९ वैशाख, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको सो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।
अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको खनालको भनाइ छ ।
यद्यपि वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको उनले बताए । जनकपुरधाम विमानस्थलमा आज बिहान पत्रकारसँगको कुराकानीमा उनले देशका विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताए ।
उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उहाँले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए । नेता खनालले राष्ट्रियतामाथि संकट बढीरहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4