
९ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रसँग सहयोग मागेका छन् ।
शनिबार गण्डकी प्रदेशसभामा विश्वासको माग माग्दै उनले सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री अधिकारीले भनेका छन्, ‘प्रदेश सरकार निर्माणको बेलामा गरेको सहकार्यको प्रतिबद्धता कार्यान्वयन गर्न अनुरोध गर्दछु। बिना कारण अस्थिरता सिर्जना गर्ने कार्य राजनीतिक नैतिकता, आचारण, व्यवहार र सिद्धान्तभित्र पर्दैन । आफैंले निर्माण गरेको सरकारलाई सहयोग गर्ने तपाईहरुको दायित्व हो ।’
राजनीतिक पार्टीहरु नीति, विचार, नेतृत्व र विधिले चल्ने भन्दै उनले पार्टीगत क्षणिक स्वार्थलाई प्राथमिकतामा राखेर गरिने कामहरु गैरराजनीतिक हुने बताए ।
‘यस्ता गैरराजनीतिक क्रियाकलाप तथा अस्थिरता निम्तिने सबैखालका गतिविधिहरुदेखि टाढा रही देश र जनतालाई केन्द्रमा राखी अगाडि बढ्नसमेत म संवद्ध सबै पक्षसँग अनुरोध गर्दछु’ मुख्यमन्त्री अधिकारीले भनेका छन् ।
पढ्नुहोस् मुख्यमन्त्री अधिकारीको सम्बोधनको पूर्णपाठ
प्रतिक्रिया 4