+

जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा अशोकलाई रजत, नन्दलाई कास्य

२०८० वैशाख  ९ गते १८:१७ २०८० वैशाख ९ गते १८:१७
जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा अशोकलाई रजत, नन्दलाई कास्य

९ वैशाख, काठमाडौं । नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् ।

जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्ल्याकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङ्क बनाएर दोस्रो स्थान हात पारेका हुन् ।

नेपालकै अर्का खेलाडी नन्द विष्टले कास्य पदक जिते । उनले ६.१० अङ्क बनाएका थिए । सो समूहमा कम्बोडियाका खेलाडीले स्वर्ण पदक जितेका हुन् ।

सो प्रतियोगितामा अशोकले अब आइतबारदेखि सुरु हुने ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोकबाहेक रवीन्द्र मल्ल पनि जापान ओपनमा निर्णायकको जिम्मेवारीमा छन् ।

तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय