
९ वैशाख, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भोलिसम्म नयाँ सरकार बन्ने बताएका छन् ।
शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्तका छन् । प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् ।
‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो’ उनले भने ।
अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलिजुली सरकार बन्छ कि १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने अन्योल छ ।
यससम्बन्धी प्रश्नमा पाण्डेले भने, ‘१६८ को धारा २, ३, ४ तिर म जान्न । प्रदेश प्रमुखले संविधान पढ्नुहुन्छ, उहाँले जे आह्वान गर्नुहुन्छ, त्यही अनुसार अगाडि बढ्छौं ।’
कहिलेसम्म नयाँ सरकार बन्छ भन्ने प्रश्नमा उनले भने, ‘मलाइ लाग्छ, भोलिसम्म बन्छ ।’
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4