+

महारेजको ह्याट्रिकमा सिटी एफए कपको फाइनलमा

२०८० वैशाख  १० गते ६:११ २०८० वैशाख १० गते ६:११
महारेजको ह्याट्रिकमा सिटी एफए कपको फाइनलमा

१० वैशाख, काठमाडौं । रियाद महारेजको ह्याट्रिकमा म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको पहिलो सेमिफाइनलमा सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा सिटीलाई जिताउन महारेजले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरे । ४३ औं मिनेटमा महारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल महारेजले ६६ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

सिटीले उपाधिका लागि म्यानचेस्टर युनाइटेड र ब्राइटनबीचको विजेतासँग खेल्नेछ ।

एफए कप फुटबल म्यानचेस्टर सिटी रियाद महारेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय