१० वैशाख, काठमाडौं । स्पानिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको छ ।
शनिवार राति भएको खेलमा रियलका लागि मार्को असेन्सिओले एक गोल गर्नुका साथै एक असिस्ट गरे ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा असेन्सिओले ४२औं मिनेटमा भिनिसियस जुनियरको पासमा पहिलो गोल गरे । त्यसपछि असेन्सिओकै पासमा एडर मिलिटाओले ४८औं मिनेटमा रियलका लागि दोस्रो गोल गरे ।
जितपछि रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । रियल अझै लिग लिडर बार्सिलोनाभन्दा ८ अंकले पछि छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।
बार्सिलोनाले आइतबार घरेलु मैदानमा तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग खेल्नेछ ।
प्रतिक्रिया 4