+

बायर्न मेन्जसँग स्तब्ध, डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

२०८० वैशाख  १० गते ६:५४ २०८० वैशाख १० गते ६:५४
बायर्न मेन्जसँग स्तब्ध, डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

१० वैशाख, काठमाडौं । जर्मन बुण्डेसलिगामा बायर्न म्युनिख मेन्जसँग ३–१ ले पराजित भएको छ । बायर्न पराजित हुँदा बोरुसिया डर्टमण्ड भने शानदार जितसहित शीर्ष स्थानमा उक्लेको छ ।

सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बायर्न पराजित भएको हो । खेलको २९औं मिनेटमै बायर्नले साडियो मानेको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा घरेलु टोली मेन्जले पुनरागमन गर्दै तीन गोल गर्यो ।

लुडोभिक अजोर्कले ६५औं मिनेटमा मेन्जका लागि बराबरी गोल फर्काए । त्यसपछि लिएन्ड्रो मार्टिनले ७३औं मिनेटमा गोल गर्दै मेन्जलाई २–१ को अग्रता दिलाए ।

वैकल्पिक खेलाडी आरोन मार्टिनले ७९औं मिनेटमा गोल गरेपछि मेन्जले बायर्नमाथि सानदार जित निकालेको हो ।

अर्को खेलमा डोनयेल मालेनको दुई गोलमा डर्टमण्डले एनट्राट फ्रांकपर्ट लाई ४–० ले हरायो ।

डर्टमण्डका लागि डोनयेल मालेनले २४औं र ६५औं मिनेटमा गोल गरे । जुड बेलिङघमले १९औं र माट हुमेल्सले ४१औं मिनेटमा गोल गरे ।

जितपछि २९ खेलबाट ६० अंक जोड्दै डर्टमण्ड शीर्ष स्थानमा उक्लेको छ । मेन्जसँग पराजित भएको बायर्न भने समान खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ ।

बायर्न म्युनिख बुण्डेसलिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय