+

सिंगापुरमाथि यूएईको २०१ रनको फराकिलो जित

२०८० वैशाख  १० गते १७:०५ २०८० वैशाख १० गते १७:०५
सिंगापुरमाथि यूएईको २०१ रनको फराकिलो जित

१० वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरमाथि २०१ रनको फराकिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४७२ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो ।

सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले ।

थिलिपन ओमाइदुराईले ५६ बलमा ४चौका र ३ छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले ।

ओपनर ब्याटर कप्तान अरित्र दत्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ३८ रन बनाए । त्यस्तै, सुरेन्द्ररन चन्द्रमोहनले पनि ६ चौकासहित समान ३८ रन बनाए ।

यूएईका लागि आयान अफ्जल खान, सन्चित शर्मा र कात्र्तिक मैयापनले समान २–२ विकेट लिए । त्यस्तै, जुनैद सिद्धकी, रोहन मुस्तफा र जहुर खानले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले दुई खेलाडीको शतकमा त्रिवि क्रिकेट मैदानमा हालसम्मकै उच्च ४७१ रन बनाएको हो ।

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए ।

१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।

सिंगापुरका आदित्य भरगाभाले ८ ओभर बलिङ गर्दै ८५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रमेश कालिमुथुले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । विनोथ बस्करनले २ विकेट लिए ।

एसीसी प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय