
१० वैशाख, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघको नवनियुक्त अध्यक्ष क्षितिज थेवेले पदभार ग्रहण गरेका छन् । आइतबार संघको कार्यालयमा उनलाई युवा संघका निवर्तमान अध्यक्ष किरण पौडेलले माइन्युट हस्तान्तरण गरे ।
पदभार ग्रहणका क्रममा थेबेले युवा संघलाई युवाहरुमाझ अझै लोकप्रिय बनाएर लैजाने बताएका छन् ।
उक्त कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र नेताहरु एमाले र युवासंघबाट प्रेरित भएको दाबी गरे । बस्नेतले नयाँ पार्टीमा युवा संघका नेताहरू सांसद बनेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4