
१० वैशाख, दाङ । दाङमा श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय मेघराज केसी छन् ।
घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ ।
मेघराजलाई प्रहरीले वैशाख ८ गते राति साढे ९ बजे लुकिछिपी हिँडिरहेको अवस्थामा भानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।
श्रीमान–श्रीमतीको आपसी विवादका क्रममा आफूले श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरी प्रमुख वलीले बताए ।
आरोपी केसीले वैशाख १ गते राती दश बजेको श्रीमतीलाई हत्या गरी शव घरको बारीमा गाडेका प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4