+
+

मनमोहन कार्डियोथोरासिक सेन्टरको कार्यकारी निर्देशकमा गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते २०:०९

१० चैत, काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्रा.डा रत्नमणि गजुरेल नियुक्त भएका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले आइतबार डा. गजुरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

प्रा.डा.उत्तमकृष्ण श्रेष्ठको चार वर्षे कार्यकाल शुक्रबार सकिएपछि उक्त पद रिक्त रहेको थियो । डा. श्रेष्ठले सेन्टरमा लगातार दुई कार्यकाल (आठ वर्ष) को जिम्मेवारी पूरा गरे ।

‘मेरो ८ वर्षको कार्यकालमा मनमोहन सेन्टरलाई उचाइमा पुर्‍याएको छु । अब आउने निर्देशकलाई खासै गाह्रो हुँदैन,’ डा. श्रेष्ठले अनलाइनखबरसँग भने, ‘आजबाट नयाँ निर्देशक प्रा.डा. गजुरेललाई जिम्मेवारी सुम्पेको छु ।’

गजुरेल यसअघि सेन्टरको कार्डियोलोजी विभाग प्रमुख थिए । उनी आईओएमबाटै कार्डियोलोजीमा डीएम गर्ने पहिलो चिकित्सक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?