१० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले आइतबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा भएको खेलमा थ्रीस्टारका लागि अजयी मराटिन्सले दुई तथा सन्तोष साहुखलले एक गोल गरे ।
खेलको ४१औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै मार्टिन्सले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर पारे ।
सन्तोष साहुखलले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई ३-० को सहज जित दिलाए ।
जारी सिजन छैटौं जित निकालेको थ्रीस्टार ११ खेलबाट २१ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।
थ्रीस्टारले लिग लिडर जावलाखेल युथ क्लबसँग अंक दूरी २ मा झारेको छ ।
चौथो हार बेहोरेको संकटा ११ खेलबाट १५ अंकसहित आठौं स्थानमा छ । यस खेलपछि लिगमा ११औं चरणका खेलहरु सकिएका छन् ।
प्रतिक्रिया 4