+

नेपाल र साउदीको खेलमा वर्षा बाधक (तस्वीरहरू)

२०८० वैशाख  ११ गते १२:०६ २०८० वैशाख ११ गते १२:०६
नेपाल र साउदीको खेलमा वर्षा बाधक (तस्वीरहरू)

११ वैशाख, काठमाडौं । बिहानैदेखिको सिमसिमे वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल  साउदी अरबबीचको खेल नहुने संभावना बढेको छ ।

खेल हुनु पर्ने मूलपानी क्रिकेट मैदानमा सिमसिमे झरी परेकाले खेल नहुने संभावना बढेको हो ।

बिहान ९ बजे सुरु हुने पर्ने खेल मैदान चिसो भएका कारण सुरु हुन सकेको थिएन । त्यसपछि ग्राउण्ड स्टाफहरूले मैदान सुकाउने प्रयास गरे पनि पानी पर्न थालेको थियो ।

त्यसपछि मैदान फेरि कभरले ढाकिएको छ । र अहिले पनि सिमसिमे वर्षा भइरहेको छ ।

५० ओभरको एक दिवसीय खेल वर्षाका कारण ढिलो सुरु भएमा पनि एक इनिङसमा कम्तिमा पनि २० ओभर हुनै पर्छ । जस अनुसार दिउँसो सवा २ बजेसम्ममा खेल सुरु हुन नसकेमा यो खेल रद्ध हुने छ ।  

एसीसी प्रिमियर कप नेपाल भर्सेस साउदी
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय