
काठमाडौं । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले चर्चित पेय पदार्थ – फ्रुटीलाई ३ वर्षको अन्तरालपछि पुन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ । अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित भएकी छिन् ।
‘सानैदेखि म्याङ्गो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुरामा हर्ष व्यक्त गर्छु । यस्तो बहुप्रतिष्ठित ब्रान्डको पहिलो ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ । हामीलाई खाजा, नास्ता गर्दा गर्मीको बेला फ्रुटी नै चाहिन्छ । नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामु आफ्नो छाप छोड्न भन्ने मलाई विश्वास छ’ उपासना सिंह भन्छिन् ।
फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको पेट बोटलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
त्यसै गरी पार्ले एग्रोले चर्चामा आइसकेको स्याउको कार्बोनेटेड पेय – एप्पी फिज पनि बजारमा प्रस्तुत गरेको छ । नेपाली बजारका लागि यो नौलो पेय पदार्थ हो । जसमा कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएको छ । एप्पी फिजका लागि अभिनेत्री प्रियंका कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छिन् ।
‘एप्पी फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा म निकै उत्साहित छु र मेरो यो उत्साहलाई सबै नेपालीहरूसामु फैलाउन पनि चाहन्छु । एप्पी फिज अरू ड्रिंकहरूभन्दा फरक छ, यसको स्वाद पृथक छ, नौलो छ । ताजापनका लागि कुनै ड्रिंक खानुहुन्छ भने म एप्पी फिज नै खानुहोस् भन्छु’ प्रियंका कार्की भन्छिन् ।
एप्पी फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको पेट बोटलमा उपलब्ध छ ।
फ्रुटी र एप्पी फिजलाई नेपालको हरेक कुनासम्म पुर्याउने योजनाका साथ पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पी फिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको छ ।
पाले एग्रोकी सह-प्रबन्ध निर्देशक तथा सीएमओ नादिया चौहान भन्छिन्, ‘नेपाल अपार सम्भावना बोकेको बजार हो । फ्रुटीलाई फिर्ता ल्याएर, हामीले देशको पेय पदार्थ उद्योगमा सो सम्भावनालाई चरितार्थ गर्ने प्रतिबद्धता गरेका छौं । हाम्रो लक्ष्य फ्रुटी र एप्पि फिजलाई हरेकको रोजाइमा पार्नु हो र नेपाली उपभोक्तासँग गहिरो सम्बन्ध बनाउनु हो। फ्रुटीसँग पहिले नै देशमा बलियो ब्रान्ड सम्बन्ध छ र हामी विकास र सफलताको लागि ठूलो अवसर देख्छौं । त्यस्तै सम्भावना एप्पि फिजले पनि बोकेकै छ ।’
साउथ एसियन बेभरेज प्रालिका प्रबन्ध निर्देशक आशिष अग्रवालले भारतको अग्रणी पेय पदार्थ निर्माता पार्ले एग्रोसँग साझेदारी गर्न पाउँदा र फ्रुटीलाई नेपाली उपभोक्ताको प्राथमिकतामा पार्न तथा एप्पी फिजसँगको नयाँ सम्बन्ध सिर्जना गर्न पाउँदा गर्व महसुस भएको बताए ।
प्रतिक्रिया 4