११ वैशाख, धनगढी । १३ औं सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले पहिलो स्थान हासिल गरेको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका विभिन्न जिल्लामा आयोजना गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै कैलाली पहिलो भएको हो ।
कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको छ । दोस्रो भएको कञ्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक जितेको छ । डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक, बाजुराले ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक जितेको छ ।
२ स्वर्ण, ४ रजत, ७ कास्य गरी १३ पदक हात पार्दै दार्चुलाले पाँचौं, १ स्वर्ण, ४ रजत, ४ कास्य गरी ९ पदक जितेको बैतडी छैटौ स्थानमा रहेको छ । अछामले १ स्वर्ण, ८ कास्य गरी ९ पदक, बझाङले ३ रजत, ५ कास्य गरी ८ पदक र डोटीले ७ कास्य पदक जितेको छ ।
प्रतिक्रिया 4