+
+

वायुसेवा निगमको लापरबाही, यात्रुको ब्यागेज नलिई मलेसिया पुग्यो विमान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १९:४९

११ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको लापरबाहीका कारण मलेसियन एयरलाइन्समार्फत मलेसिया उडेका यात्रुहरुको ब्यागेज काठमाडौंमा छुटेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सले नै ब्यागेजहरुको ढुवानी र व्यवस्थापन गर्दै आइरहेको छ ।

आइतबार राति राति २३:३० बजेको समयमा मलेसिया उडेको मलेसियन एयरलाइन्सको उडान नम्बर एमएच११५ (केटीएम-केयूएल) मा लोड हुनुपर्ने यात्रुहरुको ब्यागेज छुटेको पाइएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ८ सय केजीको ब्यागेजहरु छुटेको जानकारी प्राप्त भएको र यससम्बन्धमा अनुसन्धान गरेर प्रतिवेदन पेश गर्न निगमलाई निर्देशन दिइएको बताए । सिटौलाका अनुसार कति यात्रुको कति ब्यागेज छुटेको भन्ने बारे यकिन जानकारी भइसकेको छैन ।

यात्रुहरुको ब्यागेज भुलबस छुट्न पुगेको भन्दै निगमले सार्वजनिक रुपमा माफी समेत मागेको छ । निगमले यात्रुको ब्यागेज छुटेको प्रति माफी माग्दै सोमबार १:०५ बजेको उडानमार्फत मलेसिया पठाइसकिकएको जनाएको छ ।
‘यस सम्बन्धी आवश्यक छानबिन भइरहेको छ । भविष्यमा यस्ता त्रुटि नदोहोरिन थप सजगता अपनाउने प्रतिबद्धता रहने छ’ निगमले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?