
१२ वैशाख, ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ न:बहालमै रोकिएको छ ।
सोमबारदेखि तान्न सुरू गरिएको रथ न:बहाल पुगेर रोकिएको हो । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार सोमबार अपराह्न ४ बजेर ४५ मिनेटमा रथ तान्न सुरु गरिएको थियो ।
ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन गाःबहालमा पुर्याउने भनिए पनि रथ सीधा अघि नबढ्दा न:बहालमै रोकिएको हो ।
वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाको दिनदेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना रातो मच्छिन्द्रनाथको रथ यात्रा हुन्छ। यसअविधिमा रथलाई पाटनमा घुमाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4