
काठमाडौं । प्रभु बैंक लिमिटेड र कैलालीको धनगढी–२ स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्ररत्न कोइराला र हस्पिटलका तर्फबाट अध्यक्ष दिनेशराज जैसीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबाट सञ्चालित ओपीडी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यूएसजी, एन्डोस्कोपी, नर्मल बेड, एचडीयू बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आईसीयू/एनआईसीयू सेवामा १० प्रतिशत छुट पाउने छन् । प्रभु बैंकका ग्राहकहरुले ५ प्रतिशत छुट फार्मेसीबाट समेत पाउने छन् ।
सम्झौता अन्तर्गत सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट उपलब्ध हुने छ ।
प्रतिक्रिया 4